ताजा समाचार

दलहरु दुई धुब्रमा बाँडिएपछि गाँठो फुकाउन राष्ट्रपति भण्डारी सक्रिय, नेताहरुसँग दिनहुँ परामर्श

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग परामर्श गरेकी छन् । निर्वाचन सम्पन्न भएको लामो समय भईसक्दा पनि राष्ट्रिय सभासदस्य निर्वाचन सम्बन्धी अध्यादेशबारे दलहरुबीच विवाद जारी रहेका बेला राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन् ।

उनले आईतबार संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेकी छन् । अभिभावको हैसियतमा राष्ट्रपति भण्डारीले यसअघि पनि प्रमख दलका नेताहरुसँग यसवारे परामर्श गरेकी थिइन् ।

यादवसँग राष्ट्रियसभा सदस्य निर्वाचन र यसमा दलहरुबीच देखिएको विवादका बारेमा छलफल गरकी हुन् । आजै राष्ट्रपतिले राजपा नेपालका नेतासँग पनि परामर्श गर्ने राष्ट्रपतिका प्रेश संयोजक माधव शर्माले जानकारी दिए ।

प्रमुख दल नेपाली कांग्रेस र बाम गठबन्धनका एमाले–माओवादीबीच एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय प्रणाली भन्नेमा विवाद रहेका बेला राष्ट्रपतिले दलहरुसँगको छलफललाई तीब्रता दिएकी हुन् । कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभासदस्य निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ भने बाम गठबन्धन बहुमतीयको वकालत गरिरहेका छन् ।

यसअघि यसबारेमा राष्ट्रपति भण्डारीले शुक्रबार दिँउसो कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेकी थिइन् । अघिल्लो शुक्रबार र शनिबार पनि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन् । त्यसअघि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनव्यवसायीसँग पुनः परामर्श गरेकी थिइन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org