ताजा समाचार

पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः माधव नेपाल चयन

काठमाडौं, ९ पुस । पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा एमाले नेता माधव कुमार नेपाल चयन भएका छन् । आइतवार सम्पन्न पाँचौ साधारणसभाले नेपालको नेतृत्वमा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ ।

आगामी तीनवर्षका लागि चयन भएको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्ष बेदुराम भुसाल, लोककृष्ण भट्टराई, विजयलालश्रेष्ठ, महासचिव गंगालाल तुलाधर, सचिव विष्णु रिजाल, कोषाध्यक्ष मोहनबहादुर केसी र सदस्यहरुमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यालाल श्रेष्ठ रहेका छन् ।

साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एउटै बलियो कम्युनिष्ट पार्टीमार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका पुष्पलालको सान्दर्भिकता यतिबेला झन् बढिरहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीमाधवकुमार नेपालले जनताले निर्वाचनमार्फत एउटा कम्युनिस्ट पार्टी बनाउन जनादेश दिएको उल्लेख गर्दै यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org