ताजा समाचार

प्रहरीले समाचारको स्रोत खोजेको भन्दा पत्रकार महासंघको आपत्ति

काठमाडौं, ९ पुस । नेपाल पत्रकार महासंघले कुनै पनि सञ्चारमाध्यममा प्रकाशितरप्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट पारेको छ । महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति निकालेर प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको प्रस्ट्याएका हुन्।

प्रहरीले चालेको कदमले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्‍याउने ठहर गर्दै महासंघले यस किसिमका घटना नदोहोर्‍याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै विभिन्न अनलाइन मिडियाहरुलाई पत्राचार गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org