ताजा समाचार

मेयर र उपमेयरबीचको विवादले रानीपोखरी पुनर्निर्माण स्थगित, मल्लकालीन पुरानै शैलीमा बनाइने

काठमाडौं, १३ पुस । रानीपोखरी पुनर्निर्माणको कार्य स्थगित भएको छ । काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको हो । काठमाडौं महानगरका मेयर र उपमेयरबीच विवाद बढेपछि रानीपोखरीको पुनर्निर्माण स्थगित गरिएको हो । अब प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर बनाइने छ ।

महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ ।

यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना रहेका छन् ।

विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।

पछिल्लो पटक बुधबार उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org