ताजा समाचार

प्रधानमन्त्री बन्ने दिन नजिकिएसँगै केपी ओलीको सुरक्षा बढाइयो, बहालवाला प्रधानमन्त्री जस्तै सुरक्षा

काठमाडौं, १४ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केहि दिनभित्र नेपालको ४१ औं प्रधानमन्त्री बन्दैछन् । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेशका कारण केही दिन अलमलिएको नेपालको राजनीतिले आजबाट फेरी गति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश प्रमाणिकरण गरेसँगै अब राष्ट्रियसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनको बाँटो खुलेको छ ।

नयाँ सरकारले नेतृत्व पहिलो ठूलो दल नेकपा एमालेका अध्यक्ष ओलीले गर्ने पक्कापक्की छ । त्यसैले प्रहरीले ओलीको सुरक्षा बढाएको हो । प्रहरी प्रधान कार्यालयले छिट्टै प्रधानमन्त्री हुन लागेको ओलीको सुरक्षाका लागि बुधबारदेखि डिएसपीको कमाण्डमा एउटा टोली खटाएको छ ।

बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ । यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए। बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।

देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए भने ‘सुरक्षा थ्रेटकै बिश्लेषण गरी डिएसपीलाई खटाएका हौं’ सुरक्षा सेवा निर्देशनालयका एक अधिकारी । नयाँ परिस्थितीअनुसार अन्य नेताहरुको पनि सुरक्षा जोखिम बिश्लेषण भइरहेको प्रहरीले मुख्यालयले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org