ताजा समाचार

सरकारले ६० लाखमा किन्यो पहिलो विद्युतीय कार, को चढ्दै ?

काठमाडौं, १४ पुस । सरकारले पहिलो पटक विद्युतीय कार किनेको छ । राष्ट्रिय योजना आयोगको लागि इलेक्ट्रिक कार खरिद गरिएको हो । यसअघि विदेशी सहायतामा सरकारलाई विद्युतीय सवारी साधन उपलब्ध भएको आयोगका उपाध्यक्ष स्वणिर्म वाग्लेले जानकारी दिए । अहिले भने सरकारी खर्चमै खरिद गरेको हो, जसको मूल्य ६० लाख रुपैयाँ परेको छ ।

विद्युतीय सवारी साधन चार्ज गर्न आयोग परिसरमा चार्जिङ स्टेसनसमेत जडान गरिएको छ । वाग्लेले भने, ‘बढ्दो व्यापार घाटा कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्नेछ । यसको शुरुवात सरकारले नै गर्नुपर्छ भनेर हामीले सवारी किन्दा विद्युतीय रोजेका हौं ।’

आयोगले बीवाईडी कम्पनीको ई-सिक्स(४०० मोडेलको कार खरिद गरेको हो । उक्त कार चार्ज गर्न दुई घण्टा लाग्छ, जसबाट चार सय किलोमिटरको माइलेज दिन्छ । आयोगले खरिद गरेको कारको ब्याट्री ‘नन-टक्सिक’ रहेको कम्पनीको दाबी छ । त्यसले वातावरणमा कुनै असर नपार्ने कम्पनीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org