ताजा समाचार

आमालाई पिटिरहेका छोरालाई छुटाउन जाँदा बाबुको हत्या, आमा गम्भीर घाइते 

प्युठान, २१ पुस । सरुमारानी गाउँपालिका–५ बिरिङ्कोटका २० वर्षीय मोहनलाल खाम्चाले आफ्नै बाबुको हत्या गरेका छन् । दाउराको चिर्पटले हानेर ५४ वर्षीय बाबु रैसिङ खाम्चाको ज्यान गएको हो । दाउरा प्रहारबाट घाइते रैसिङको उपचारका क्रममा बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

आमाबुवा दुबैलाई हत्या प्रयास गरिए पनि घाइते आमाको बुटवलमा उपचार भइरहेको छ । बिहीबार साँझ घरायसी कुराकानी चलिरहेका बेला मोहनले आमालाई कुटपिट गरेपछि छुट्याउन जाँदा बुबालार्इ पनि दाउरा प्रहार गरेका थिए ।

मोहनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । दुई वर्ष जति सोलुखुम्बुस्थित हाइड्रोपावरमा ट्याक्टर चालक रहेका मोहन सातादिन अघि बुबा बिरामी परेको खबरपछि घर आएका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org