ताजा समाचार

बाहिरका चोर सिंहदरबार पसे ! मध्यराति क्यान्टिनबाटै ४२ हजार चोरी

काठमाडौं, २४ पुस । पछिल्लो समय देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारभित्र चोरको विगविगी बढेको छ । सबैभन्दा सुरक्षित मानिएका सिंहदरबारभित्रै चोरीका घटनामा उल्लेख्य बृद्धि भएका छन् । आईतबार राती पनि चोरी भएको छ । सिंहदरबारभित्र तीन हप्ताबीचमा दोस्रोपटक चोरी भएको हो ।

सिंहदरबारभित्र रहेको क्यान्टिनमा आइतबार राती ललितपुरका बिश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भएको हो। घटनाको अनुसन्धानका लागि क्यान्टिन संचालकले महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छन्।

व्यापारको पैसा उक्त क्यान्टिनमा राखेकोमा झ्यालबाट छिरेर चोरले लगेको सिलवालले बताए। सिंहदरबारभित्रकै कर्मचारीको चोरीमा संलग्ना रहेको उनको आशंका छ। अनामनगर वृत्तले घटनाको अनुसन्धान सुरु गरकेो छ।

गत पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडिका चार वटा टायर चोरी भएको थियो। सरकारी गाडि चालक चन्द्र बहादुर मोक्तानले नै टायर चोरेको खुलेको थियो। मोक्तान हालसम्म फरार छन्। कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै बारम्बारका चोरी घटनाले त्यहाको सुरक्षा अवस्था उदांगो भएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org