ताजा समाचार

राष्ट्रपति भण्डारीले दिईन देउवाको टाउको दुखाउने सुझाव, देउवाले अब के गर्लान ?

काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।

त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत ब्यक्त गरिन् ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीका विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका थिए । सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org