ताजा समाचार

टिभी स्टार रामानन्दकी नातिनीले न्यूड फोटो शेयर गरेपछि हंगामा

एजेन्सी, २५ पुस । भारतीय टिभी सिरियलका चर्चित निर्माता रामानन्द सागरकी नातिनी साक्षी चोपडाले न्यूड फोटो शेयर गरेकी छन् । इन्स्टाग्राममा आफ्नो न्यूड फोटो शेयर गरेपछि टिभी इण्डष्ट्रीमा हंगामा मच्चिएको छ । १९९० को दशकमा रामायण सिरियल बनाएका रामानन्द सागरकी नातिनी साक्षी सामाजिक संजालमा निकै सक्रिय छिन् ।

साक्षीले इन्स्टाग्राममा आफ्नो न्यूड फोटो शेयर गरेपछि संस्कारी सिरियल बनाउने हजुरबुवाकी नातिनी यतिसम्म हट भएको भन्दै चर्चा बढेको छ । १९ वर्षकी साक्षी आफ्ना हट फोटोहरुको कारण इन्टरनेटमा चर्चामा छिन् ।

उनी सामाकि संजालमा सेलिब्रेटी हुनुका साथै भिडियो ब्लगर र गायिका पनि हुन् । केही अगाडि उनले आफ्नो युट्युब च्यानलमा गीत गाउँदै गरेको भिडियो पोस्ट गरेकी छिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org