ताजा समाचार

दुर्घटनाग्रस्त तेल बोकेको पानीजहाजको आगो अझै नियन्त्रणमा आएन

चीन, २५ पुस । चीनको पूर्वी समुद्रमा तेल र सामान बोकेका दुई छुट्टाछुट्टै पानीजहाज एक–आपसमा ठोक्किदा तेल चुहिएर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । तेल बोकेको पानीजहाज अझै जलिरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । सान्ची नामक उक्त पानीजहाजले १० लाख व्यारल तेलको कच्चापदार्थ विषालु तथा विस्फोटक हुने ‘कन्डेन्सेट’ बोकेको थियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पानीजहाज विस्फोट हुने र डुब्ने खतरा रहेको जनाएको छ । उक्त तेल बोकेको जाहाजबाट हराइरहेका ३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्य मध्ये एक जनाको शव भने फेला परेको अधिकारीहरुले बताएका छन् ।

त्यस्तै मालबाहक पानीजहाजबाट २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ । ट्यांकरबाट लगातार इन्धन चुहिरहेपछि वातावरणीय विध्वंसको त्रास बढेको बताइन्छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org