ताजा समाचार

नेविसंघले काठमाडौंबाट फोहोर संकलन गरी उपमेयरको हातमा हालेपछि…

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरका उपमेयरको हातमा फोहोर थमाएका छन् । शुक्रबार बिहानै काठमाडौं महानगरपालिका कार्यालय पुगेर नेविसंघले उपमेयर हरिप्रभा खण्डगीको हातमा फोहोरो थमाएका हुन् ।

काठमाडौंमा अत्याधिक धुँलो र फोहोरो बढेको भन्दै उनीहरुले संकेतिक रुपमा महानगरपालिकाको ध्यानाकर्षण गराएको नेबिसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले जानकारी दिए । संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहोर थमाउने कार्यक्रम बनाए पनि शाक्य कार्यालयमा उपस्थित नभएपछि फोहोर उपमेयर खड्गीलाई थमाएका हुन्।

झन्डै सय जनाको सङख्यामा पुगेका विद्यार्थी टोलीले काठमाडौंका मुख्य चोकहरु तीनकुने, चावहिल लगायतका स्थानबाट धुलो तथा फोहोर संकलन गरी महानगरपालिकामा बुझाएका हुन्। उपमयेर खड्गीले मेलम्चीको पाइप विस्तारको क्रममा धूलो भएको बताइन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org