ताजा समाचार

आज तेस्रो राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, १ माघ । आज तेस्रो राष्ट्रिय योग दिवस । विभिन्न कार्यधक्रम गरी सप्ताहव्यापी रुपमा मनाईँदैछ । शिक्षा मन्त्रालयको समन्वयमा ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ विभिन्न सङ्घ संस्थाले योग तथा योग पर्यटनको महत्व र विकासका लागि विभिन्न कार्यक्रम गरी दिवस मनाउने शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिए ।

नेपाल प्राचीन योग भूमि रहेको, योगको महत्व नयाँ पुस्तालाई बुझाउनुपर्ने तथा योग पर्यटनका माध्यमबाट पनि नेपालमा विदेशीलाई घुमाउन सकिने अवधारणाका साथ कार्यक्रम तय गरिएको उनले बताए ।

२०५१ सालमा ९ र १० कक्षामा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद विषयको पाठ्यक्रम तयार गरिए पनि यो विषय पढाउने शिक्षकको अभावमा अहिलेसम्म पठनपाठन हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org