ताजा समाचार

१६८ यात्रु बोकेको विमान एकाएक रनवेबाट चिप्लिएर समुद्र किनारमा पुगेपछि…

एजेन्सी, १ माघ । टर्कीमा एक विमान रनवेबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ । पेगासस एयरलाइन्सको ७३७–८०० बोइङ्ग रनवेबाट चिप्लिएर समुद्र किनारमा पुगेको हो । विमानमा १६८ यात्री र विमान कर्मचारी थिए । अंकाराबाट आएको सो विमान ‘ब्ल्याक सी’ को तटमा रहेको ट्र्याबजोनमा अवतरण गर्दै थियो ।

रनवेमा पुग्नासाथ विमान चिप्लिएर समुद्र किनारको भीरमा पुगेको थियो । अगाडीको भाग समुद्रतिर खसेको भए पनि विमान भीर नै अडिएको थियो । विमानमा रहेका सबै यात्रु सकुशल रहेको र उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org