ताजा समाचार

महिला सशक्तिकरणका लागि “सहि हो” अभियान

काठमाडौं, १ माघ । ईक्वेल एक्सेस नेपाल र युएन वुमनको संयुक्त आयोजनामा महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गर्दैछ । माघ ३ गते राजधानीबाट महिला सशक्तिकरणका लागि ‘सहि हो’ अभियान सुरु हुन लागेको हो । उद्घाटन कार्यक्रममा ‘सहि हो’ अभियानका सद्भावनादूत हास्यकलाकार जितु नेपाल लगायतका कलाकारहरूले अभियानका बारेमा सन्देश सहितको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा “महिला सशक्तिकरण – सारभूत समानताका निम्ति आवश्यक कदम र नीतिमा अस्पष्टता” विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफलको आयोजना गरिएको आयोजक संस्था ईक्वेल एक्सेस नेपालले जनाएको छ ।
अभियान अन्तर्गत राष्ट्रिय तथा क्षेत्रीयस्तरमा महिलाको सशक्तिकरण र लैंगिक समानताका विषयमा पैरवी, सचेतना अभिवृद्धि र घरायसी स्तरमा आउने बाधाहरूको समाधानका निम्ति चेतना अभिवृद्धिका कार्यक्रम गर्ने आयोजक संस्थाले जनाएको छ ।

सुनसरी, सिन्धुली, सर्लाही, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ्ग, नवलपरासी, बाँके र कैलाली गरी ११ वटा जिल्लामा सहि हो अभियान एक बर्ष सम्म संचालन गरिने छ आयोजक संस्थाकी संचार अधिकृत नवोदिता सुवेदिले जानकारी दिनुभयो । ‘महिलाहरूले पनि पुरुष सरह आर्थिक रुपले समृद्ध नेपाल निर्माणमा योगदान पु्याउन सक्छन् भन्ने विषयमा हामी विश्वस्त छौं ।’

अभियान अन्र्तगत घरपरिवार, समुदाय र स्थानीय स्तरमा महिलाको नेतृत्वदायी भूमिकामा बाधा पुर्‍याउने लैङ्गिक भेदभाव र संरचनागत व्यवधानका विरुद्ध जनचेतना फैलाउने, सरोकावा निकायसंग नीतिगत छलफल तथा विमर्श गर्दै लैङ्गिक संवदेनशील नीति तथा योजनाका निम्ति ध्यानाकर्षण गराउने, ग्रामिण क्षेत्रका महिलालाई स्थानीयस्तरको निर्णय निर्माण प्रक्रियाहरूमा प्रतिनिधित्व बृद्धि गर्नका लागि समुदायको चेतनास्तर अभिवृद्धि गर्ने तथा आवश्यक नीतिको लागी पैरवी गर्ने लगायतका कार्यक्रम संचालन गरिने इक्वेल एक्सेस नेपालकी राष्ट्रिय प्रतिनिधि विनिता श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानको शुभारम्भ राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव राधिका अर्याल, लैंगिक तथा सामाजिक समावेशीकरण विज्ञ भारती सिलवाल गिरी, डा. पुकार मल्ल तथा संचारकर्मी दिलभुषण पाठकले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org