चर्कीयो आन्दोलः दलका नेतालाई जिल्लामा प्रबेश निशेध, क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा आगजनी
काठमाडौं । प्रदेश राजधानीको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदा जनजिवन प्रभावित बनेको छ । प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउन माग गर्दै त्यहाँ स्थित क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी समेत गरिएको छ । प्रदेश नं १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित प्रदर्शनमा उत्रिएकाहरुले धनकुटामा रहेको क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले आज बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेकोे प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएका छन् ।
प्रदर्शनकारीले कार्यालयको झ्याल ढोका समेत तोडफोड गरेका थिए । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।
प्रदर्शनकै क्रममा प्रदर्शनकारी प्रहरीबीच भएको झडपमा ३ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ ।
काठमाडौं । धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।
यसैबीच प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने भन्दै चर्किएको आन्दोलनले समेत उग्ररुप लिन थालेको त्यहाँबाट पत्रकारहरुले जानकारी दिएका छन । जिल्लामा अस्पताल बाहीकका अरु कुनै पसल नखुलेको बताइएको छ । एम्बुलेन्सलाई अबरोध गरेको स्थानियले बताएका छन । सामाजिक सञ्जालमा ब्यापक रुपमा प्रदेश राजधानीको विरोध भईरहेको छ । दाङमा दलका नेता तथा कार्यकर्तालाई प्रबेश निशेध गरीएको संघर्ष समितिका सविन प्रियासनले बताएका छन ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












