उपेन्द्रकान्त अर्याल विचौलिया र तस्करको शरणमा पुगे
काठमाडौं । नेपाल प्रहरीको प्रमुख रहँदा पाँच करोड भन्दा बढि रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका उपेन्द्रकान्त अर्याल विचौलिया र तस्करको शरणमा पुगेका छन् । स्रोतका अनुसार पटक–पटक अख्तियारमा बयान दिइसकेका अर्यालले दिपक तिमिल्सिना नामका दलाल मार्फत प्रमुख आयुक्त दिप बस्नेतलाई भेटेर जोगाइदिन आग्रह गरेका छन् ।
अख्तियारका प्रेस संयोजक भवानी सुवेदीले तिमिल्सिना मार्फत प्रमुख आयुक्त बस्नेतलाई भेटेर मुद्दा मिलाउन सुझाव दिएपछि विचौलियाका रुपमा परिचित तिमिल्सिनाको शरणमा अर्याल पुगेका हुन् ।
अर्यालको अनुसन्धानको फाइल अन्तिम चरणमा पुगेको र विशेष अदालतमा मुद्दा चल्ने जानकारी पाए लगत्तै उनी विचौलियाको शरणमा पुगेको अख्तियार स्रोत बताउँछ ।
त्यसैगरी अर्यालले नेपाल प्रहरीका डिआईजी पवन खरेल मार्फत पनि अख्तियारका आयुक्त नविन घिमिरेलाई केही दिन अघि मात्र भेटेको स्रोतले बतायो । घिमिरे खरेलका सम्धी हुन् । कुनै समय स्मार्ट टेलिकममा सेयर हत्याउन किर्ते काम गरेर बद्नामी कमाएका तिमिल्सिना एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतो निकट मानिन्छन् । महतोका मुद्दा मामिलाहरु यिनै तिमिल्सिनाले हेर्दै आइरहेका छन् । तिमिल्सिना पछिल्लो समय व्यापारी अजेयराज सुमार्गीविरुद्ध पनि हात धोएर लागिरहेका छन् ।
महतोले पनि आफ्ना मित अर्याललाई जोगाउन अख्तियारमा लविङ गरिरहेका छन् । मुद्दा मिलाएर अख्तियारकै आयुक्त बन्ने लक्ष्य बोकी हिंडेका अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि अख्तियारले पटक–पटक बयान लिई अनुसन्धान गरिरहेको छ । अर्यालमाथि हुण्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको आरोप छ ।
सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकममार्फत अर्यालले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलिसकेको छ । अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ ।
अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको छ । त्यसैगरी प्रहरीको रासन खरिदमा पनि अर्याल मुछिएका छन् ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...