अबैध भवन बनाउने नाममा करोडौं असुल्दै वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं । वैदेशिक रोजगार विभागको पत्रलाई देखाएर वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीहरुसँग मोटो रकम उठाएको प्रमाण फेला परेको छ । भवन बनाउने भन्दै संघले विभागको पत्रमार्फत आतंक मच्चाएको हो । पैसा उठाउने संघको अभियानलाई विभागले पनि साथ दिएको छ । सेटिङ मिलाएर संघको योजना अनुसार विभागले पत्र पठाएको हो ।
वैदेशिक रोजगार विभागको पत्रका आधारमा संघले ९ सय १६ जना व्यवसायीहरुसँग चार करोड ५८ लाख रकम उठाउने योजना बनाएको छ । संघका जिम्मेवार पदाधिकारीहरुले यो रकमबाट श्रममन्त्री फरमुल्लाह मन्सुर, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी र वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठलाई केही रकम दिनु पर्ने भन्दै व्यवसायीहरुसँग असुलिरहेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने,‘नक्सा नै पास नभएको भवन बनाउने बहानामा यति ठूलो रकम व्यवसायीसँग असुल गरिँदै छ ।
मन्त्री र महानिर्देशकको मिलोमतोमा जाँदाजाँदै पैसा उठाउने प्रपञ्च रचिएको हो ।’
वैदेशिक रोजगार व्यवसायीहरुले ६/६ महिनामा विभागमा बुझाउनु पर्ने अध्यावधिक रिपोर्ट अब विभागमा बुझाउन पाइने छैन । संघमा बुझाउनु पर्नेछ । विभागले यो निर्णय गर्नुमा आन्तरिक लेनदेनको ठूलो चलखेल भएको आरोप एक व्यवसायीले लगाए । विभागका महानिर्देशक श्रेष्ठ र संघका अध्यक्ष गुरुङको मिलेमतोमा उक्त खेल रचिएको हो । अब कुनै व्यवसायीले संघमा रिपोर्ट बुझाउँदिन भन्न पाउने छैनन् । संघमा बुझाउनु पर्ने प्रावधान सहितको पत्र विभागले पठाइसकेको छ ।
विभागको सोही पत्रलाई आधार बनाएर संघका अध्यक्ष गुरुङले व्यवसायीहरुलाई परिपत्र गरेका छन् । विभागले आफूले बुझ्दै आएको व्यवसायीहरुको रिपोर्ट अकस्मात संघमार्फत बुझ्ने निर्णय किन गरेको भन्ने बारेमा अझैसम्म पनि कसैले बुझेका छैनन् । संघमार्फत रिपोर्ट बुझाउँदा व्यवसायीहरुलाई समस्या पर्ने गुनासाहरु आएका छन् । त्यो गुनासो सुन्न विभाग र संघ तयार छैनन् । संघले ५१ हजार बुझाएको नगदी रसिद रिपोर्टसँगै नराख्ने हो भने कुनै पनि प्रकारको सिफारिस नदिने जनाएको छ । सरकारी नियमलाई मन्त्री, महानिर्देशक र सीमित व्यवासयीको हितमा प्रयोग हुनुलाई ठूलो रहस्यका रुपमा लिइएको छ ।
संघका अध्यक्ष गुरुङले विभागको पत्र उल्लेख गरेर व्यवसायीहरुलाई परिपत्र गरी ५१ हजार नदिए संघमार्फत दिइने कुनै पनि प्रकारको सिफारिस नदिने चेतावनी दिएका छन् । भवन निर्माणमा व्यवसायीहरुको विमती छैन । तर, अध्यक्ष गुरुङले विभागको पत्र दुरुपयोग गरेर व्यवसायीहरुसँग ‘ब्ल्याकमेलिङ’ गरेकोमा विरोध शुरु भएको छ ।
एमाले निकट मानिने अध्यक्ष गुरुङले व्यवसायीहरुसँग ५१ हजारका दरले रकम उठाएको स्वीकार गरेका छन् । ‘संघको भवन निर्माणका लागि व्यवसायीहरुसँग ५१ हजारका दरले पैसा उठाएको साँचो हो’, उनले भने । उनले तोकिए अनुसार पैसा नबुझाउने व्यवसायीलाई हदैसम्मको कारबाहीको चेतावनी समेत दिए । वैदेशिक रोजगार विभागले अर्कै उद्देश्यले पठाएको पत्रलाई आधार बनाएर तपाईले व्यवसायीहरुसँग ५१ हजारका दरले पैसा उठाउन मिल्छ ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष गुरुङले भने,‘यो हाम्रो आन्तरिक कुरा हो । तपाईलाई किन भन्ने ? जे मन लाग्छ त्यो लेख्नुस् ।’
नक्सापास नै नभएको भवन बनाउन संघका अध्यक्ष गुरुङले किन ५१ हजारका दरले पैसा उठाएका हुन् ? बुझ्न नसकिएको व्यवसायीहरुको भनाई छ ।
यता, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष हरि पाण्डेले पनि ५१ हजार रकम दिनै पर्ने भन्दै उर्दी जारी गरेका छन् ।
कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीहरुसँग ५१ हजारका दरले पैसा उठाउन लागेको निर्णयको विरोध गरेको छ । लोकतान्त्रिक व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले संघको भवन बनाउने विषयमा आफूहरुको कुनै पनि विमती नरहेको बताए । तर, संघले विभागको पत्र देखाएर व्यवसायीहरुलाई आतंक मच्चाउन नमिल्ने उनको भनाई छ ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...