ताजा समाचार

प्रहरीबाटै सिलवाललाई सूचना

काठमाडौं । पूर्वडीआइजी नवराज सिलवाललाई प्रहरीदे छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एकालेको टिकटमा ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिाु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org