ताजा समाचार

उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

काठमाडौं । उपभोक्ता ठग्ने ६ दर्जनभनदा बढी उद्योग, कम्पनी, व्यापारिक प्रतिष्ठानविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उपभोक्ता लाई अखाद्य वस्तु बेच्ने उद्योग, चर्को मूल्य लिने पसल, अतिरिक्त शुल्क लिने अस्पताल लगायतलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो । नागरिकमा समाचार छ ।

बजार अनुगमनको क्रममा कैफियत फेला परेका व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका हुन् ।

खाद्य प्रविधिले गरेको बजार अनुगमन क्रममा खानेतेल सहित प्रशोधित पिउने पानी, बेसार, प्रशोधित दूध, आइसक्रिम, घिउ, चामल, दाल, प्रशोधित सूर्यमुखी तेल, तोरी तेल, पाउरोटी, पफ, वन, बिस्कुट, चकलेट, नमकिन, क्यान्डी, काजु लगायत खाद्य वस्तु गुणस्तरहीन भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org