३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले कराेडाैं तिरेनन, नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा
काठमाडौँ । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ ।
विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले रु ४३ हजार ६००, बरमा एयरवेजले रु एक लाख ८६ हजार ८५०, लुफथान्सा एयरले रु एक लाख ६३ हजार ६४४, गल्फ एयरले रु २७ लाख आठ हजार ७७७ बक्यौता रकम तिरेका छैनन् ।
यसैगरी, एयर सहाराले रु २४ लाख ७८ हजार १२६, बहराइन एयरले रु २४ लाख ६३ हजार ३७१, ओरियन्ट थाई एयरलाइन्सले रु पाँच लाख ८९ हजार ८१३, पाकिस्तान एयरलाइन्सले रु २६ लाख ८४ हजार २३८, सिंगापुर एयरलाइन्स रु पाँच लाख ५८ हजार १२८, किंग फिसर एयरलाइन्सले रु एक करोड १५ लाख ९७ हजार ५६२ बक्यौता तिरेका छैनन् ।
यस्तै जिएमजी एयरलाइन्सले रु एक लाख ५९ हजार १०१, युनाइटेड एयर एडिउफ रु तीन हजार ५३०, युनाइटेड एयरबेजले रु एक लाख ६ हजार ५५५, तुई एयरलाइन्सले रु नौ लाख ५८ हजार ४९८, हङकङ एक्सप्रेसले रु १९ लाख ६२ हजार ९७८ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छ्रैनन् । कार्यालयका अनुसार ¥याक एयरबेजले रु एक लाख ८३ हजार ७७२, स्काइलाइन एयरबेजले रु सात लाख ३३ हजार २८० बक्यौता रकम पनि तिरेका छैनन् ।
नेपाली एयरलाइन्स पनि उस्तै
विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । सरकारी निकायलाई तिर्नुपर्ने रकम नतिरी अटेर गर्दै आएका ती वायु सेवा कम्पनी हाल धेरै जसो बन्द अवस्थामा छन् ।
कार्यालयका अनुसार एयर नेपालले रु ७८ हजार ८९७, एयर काष्ठमण्डपले रु तीन लाख २९ हजार २८४, अल्पाइन एयरले रु ७२ हजार ७२८, मकालु एयरले रु ९४ हजार २१८, कर्णाली एयरले रु १६ लाख ६४ हजार ५६, सांग्रिला एयरले रु दुई लाख ३७ हजार ९४४, अल्टिच्यूड एयरले रु तीन लाख २९ हजार ९४५ र माउण्टेन एयरले रु ५२ हजार २८१ बक्यौता रकम तिर्न बाँकी छ ।
यस्तै, नेपाल एयरबेजले रु ११ लाख ७९ हजार ३२०, नेकोन एयर अन्तरराष्ट्रियले रु ६२ लाख ८२ हजार ३२२, नेकोन एयर आन्तरिकले रु चार करोड १० लाख दुई हजार ७३०, हिमाल हेलिकप्टरले रु ६१ हजार ५१८, कस्मिक एयरले रु तीन करोड ३३ लाख १२ हजार ९०६, गरुड एयरले रु २७ हजार ४४०, गोरखा एयरलाइन्सले रु छ लाख ५७ हजार ५४५ बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।
सञ्चालनमा रहेकाले समेत तिरेनन्
विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार हाल सञ्चालनमा रहेका एयरलायन्सले रु ६६ करोड ३९ लाख ४६ हजार ३०८ रकम तिर्न अटेर गरेका छन् ।
सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार ८१६ तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ÷संस्था÷फर्मको रु दुई करोड ९७ लाख ५७ हजार ५१८ र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार ६०३ बक्यौता रकम देखिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिर्न अटेर गरेका छन् । विमानस्थल कार्यालयका अनुसार भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार ८१६ र निगमले रु ३२ करोड २१ लाख नौ हजार ५०० तिरेका छैनन् ।
यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार ४०९ बक्यौता रकम प्राप्त हुन बाँकी छ । निगमले समय तालिका बनाएर बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाए पनि भन्सार कार्यालयले भने विभिन्न बहानामा रकम नतिरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीको लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरु गरेको उपाध्यायले जानकारी दिए । बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ ।
छुट दिन सकिँदैन – महानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।
तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको जानकारी दिँदै उनले भने – “अटेर गर्नेलाई सरकारी बाँकी बक्यौता असुलउपर बमोजिम रकम उठाइनेछ । कोही कसैलाई छुट दिइँदैन । सञ्चालनमा रहेका वायुसेवा कम्पनीले बक्यौता तिर्न अटेर गरे सेवा सञ्चालनमा समेत रोक लगाइन्छ ।”
उनले बक्यौता उठाउनका लागि केही समय पहिले छानबिन समिति गठन गरेको र समितिको कामका आधारका केही वायुसेवा कम्पनी सम्पर्कमा आएको बताए । प्राधिकरण र विमानस्थल कार्यालयले ताकेता गरेपछि एयर एसियाले रु पाँच करोड र अग्नि एयरले रु ७० लाख तिरेको छ ।
विमानस्थलमा विमान अवतरण, पार्किङ गर्दा विमान कम्पनीले शुल्क तिर्नुपर्ने हुन्छ । तर नियमित उडानमा रहेका विमान कम्पनीले पनि शुल्क तिर्न अटेर गरेका छन् ।
काठमाडौँमा रहेका विभिन्न विदेशी कम्पनीको टिकट बिक्रीको जिम्मा लिएका कम्पनीले रकम तिर्न अटेर गरेपछि सम्बन्धित विमान कम्पनीको केन्द्रीय कार्यालय रहेका मुलुकमै पत्र पठाइएको महानिर्देशक गौतमले जानकारी दिएका छन् ।
“ठूलो बक्यौता उठाउनुपर्ने वायुसेवा कम्पनीलाई सम्बन्धित मुलुकमै पत्र पठाइएको छ, केही कम्पनीले रकम तिर्ने प्रतिबद्धता जनाएका छन्” उनले भने ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












