प्रोगेसिभ मेनपावरले कतार पठाएका दुई युवा काम र तलब नपाउँदा विचल्लीमा
खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् ।
काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् ।
टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेशनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकमसमेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको जनाएको छ । कम्पनीले हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै घर फर्कनसमेत रोकिरहेको धनकुमार राईले बताए ।
राईले सेटलाइट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावरमा भनिएभन्दा अप्ठ्यारो हुने बताएका छन् । कम्पनी टाट पल्टिएकाले गर्दा काम–दाम नपाएको बताउनुहुने धनकुमारका अनुसार काम शुरु हुनासाथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले जबर्जस्ती रोकिरहेका छन् ।
विचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुविधा नदिने कम्पनीले बताएका छन् । हाल बसेको तथा खाएको रकम काम शुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितले बताएका छन् ।
ऋण लिएर कतार गएका राईद्वयले विचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् । सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएका दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेका छन् ।
अरुण र धनकुमारसँगै उक्त कम्पनीमा पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टीकापुरका नन्दसिं साउदसमेत विचल्लीमा परेका छन् । वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपिसमेत कामदारसँग नभएको पाइएको परामर्शकर्ता अम्बिका दाहालले बताए ।
उद्धारको पहल गरिदिनका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ । पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई निःशुल्क कानूनी पैरवीको काम गर्छ ।
आफ्नो मेनपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेको निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर फर्किएको धनकुमारले बताए । “खाना खाने रकमसमेत नभएपछि कम्पनीले दिएको पैसा निर्देशक श्यामले आफैँ लिएर नेपाल फर्के” उनले भने , “अहिले कतारमै रहेका नेपाली साथीले दिएको केही रकमले श्वास अल्झाउने काम भइरहेको छ ।”
कामदारका लागि स्वयं मेनपावरको निर्देशक श्याममार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५०० रियल उपलब्ध गराए पनि बदमासी गरेको कम्पनीका मुदिर (मालिक)ले जानकारी दिएको परामर्शकर्ता दाहालले बताए ।
Comments
अरु समाचार
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने भएको छ...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट...
-
जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा...
-
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ ।...