ताजा समाचार

अमेरिकाको टेक्सासमा गाेली हानी नेपालीको हत्या

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा बन्दुकधारीले आक्रमण गरी एक नेपालीको हत्या गरेका छ ।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति १२ बजे बन्दुकधारीले आक्रमण गरी हत्या गरेका हुन् ।

पाण्डेलाई दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org