ताजा समाचार

सल्यानकाे भाटखाेलामा बस दुर्घटना, ४ जनाको मृत्यु

रुकुम । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भाटखाेलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रहरी घटनास्थल पुगेको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । २१ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org