प्यूठानका स्कूल स्कूलमा ट्राफिक प्रहरी
प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सडक दुर्घटना न्युनिकरण गर्न अभियान थालेको छ।पछिल्लो समय जिल्लामा सवारिसाधनको संख्या ह्वात्तै बढेको भन्दै त्यसबाट हुन सक्ने संभावित दुर्घटनाबाट जोगिन जोगाउन प्रहरि सचेतना अभियान संचालन गरेको हो।ट्राफिक प्रहरि कार्यालयले दुर्घटना घटाउने तीन वटा अभियान जिल्लामा संचालनमा ल्याएको छ।यहाँ दुर्घट्ना न्युनिकरण गर्न स्कुल स्कुलमा ट्राफिक प्रहरी,चालकसंग एक मिनेट र रिफ्रेस सेण्टर अभियान संचालन गरिदै आएको छ। प्रहरीले विद्यालयहरुमा ट्राफिक नियमबारे पढाउन थालेको छ ।
ट्राफिक नियमवारे विद्यार्थीहरुलाई जानकारी दिन जिल्लाको मुख्य राजमार्ग आसपासका विद्यालयहरुमा कक्षा लिन थालिएको कार्यालयले जनायको हो ।
विद्यार्थीमार्फत अभिभावकलाईसमेत ट्राफिक नियमबारे जानकारी गराउन सजिलो हुने भएकाले विद्यालयमा यस्तो कक्षा सञ्चालन गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख छविलाल ढकालले जानकारी दिए ।
यस्ता कक्षामा विशेष गरि ट्राफिक संकेतबारे जानकारी, बाटो काट्ने सुरक्षित तरीका, सवारी साधनहरुको गति, त्यसका प्राविधिक पक्ष, माद्यक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा हुने बेफाइदा, प्युठानमा सवारी दुर्घटनाको अवस्था लगायतका विषयमा जानकारी दिने गरिएको ढकालले बताए । विद्यार्थीहरुलाई ट्राफिक संकेतहरुबारे पर्याप्त जानकारी नभएको पाइएको उनको भनाई छ । अघिल्लो वर्ष पनि केही विद्यालयमा यस्तै कक्षा सञ्चालन गर्दा उल्लेख्य सुधार आएकोले यसलाई निरन्तरता दिइएको ढकालले उल्लेख गरे । चालकसंग एक मिनेट कार्यक्रम अन्तर्गत सडकमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशीक्षण दिने गरिएको छ।यात्रुलाई कस्तो व्यवहार गर्ने जानकारी दिइन्छ। सवारी दुर्घटनाको बिषयमा चालकको महत्त्वपुर्ण भुमिका हुने भएकाले दैनिक एक मिनेट ट्राफिक नियमका बिषयमा कुराकानी थालिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट्र ढुङ्गेगदीका इन्चार्ज दिपक थापाले बताए।
चालक स्वंय जिम्मेबार बनेमात्र सवारी दुर्घटनामा कमि आउने उनको भनाई छ।ूदुर्घट्ना आकस्मिक हुने कुरा हो,मेकानिकल ईररबाट हुने दुर्घटना रोक्न सकिदैनू थापाले भने,तर चालकको गल्ति कम्जोरिबाट हुने दुर्गटना रोक्न सकिन्छ। जरिवाना गरेर मात्रै नियम उल्लघंन गर्ने प्रबृती नरोकिएपछी ट्राफिकले जनचेतनामा जोड दिएको हो।

ट्राफिकले जिल्लाको देविस्थानमा रिफ्रेस सेण्टर स्थापना गरेको छ।यो कार्यक्रममा लामो गन्तव्यमा हिडेका यात्रु र चालकलाई केही वेर ओरालेर ट्राफिक नियम बारे जानकारी गराउँछ। सवारी साधन रोकेर यात्रुहरु ओराल्न २ मिनेट,यात्रुलाई चढाउन २ मिनेट र चालक साथै यात्रुलाई सचेतना जगाउन ६ मिनेटको समय तय गरि यात्रु तथा सवारी चालकलाई ट्राफिक नियम वारे जानकारी दिन सुरु गरिएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्युठान–भालुवाङ्ग सडकमा गुड्ने यातायातका साधनलाई १० मिनेट रोकेर यात्रु र चालकसंँग १० मिनेट कार्यक्रम गरिरहेको हो । ट्राफिक प्रहरिले यहाँ लामो दुरिका यात्रुबसमा दुई जना चालक अनिवार्य हुनुपर्ने व्यबस्था समेत कार्यान्वयन गराएको छ।ट्राफिक प्रहरीले यात्रु र चालकलाई ट्राफिक नियम र ट्राफिक चिन्ह अंकित पर्चा समेत वितरण गरेको छ । यात्रु साथै चालकले पढेर पनि ट्राफिक नियमबारे सिक्न सक्ने र दुर्घटना न्यूनिकरण हुने अपेक्षाका साथ पर्चा वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।जिल्लामा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएपनि सवारी नियम उल्लंघन गर्ने क्रम भने बढेको ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।
गत साउन देखि माघ महिनाको पहिलो साता सम्मको यो ६ महिनाको अबधीमा २८ सय ५० सवारीसाधन कारबाहिमा परेको र १६ लाख ७८ हजार जरिवाना वापत संकलन भएको ट्राफिक प्रहरी प्रमुख ढकालले जनाए ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












