कुन प्रदेशमा कसको सरकार, को–को बन्दैछन् मुख्यमन्त्री ?
काठमाडौं । प्रदेश प्रमुख नियुक्त भएसँगै प्रदेश सांसदहरुले आइतबार शपथ लिएका छन् । यो प्रक्रियासँगै अब दलहरुको ध्यान प्रदेशसभाको सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ ।
राष्ट्रियसभाको चुनाव यही माघ २४ गते तय भइसकेको छ । राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले पाउने संविधानमा व्यवस्था ८ जनाका दरले ५६ जना र सरकारको सिफारिसमा ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
राष्ट्रियसभाका लागि दुई हजार ५६ जना मतदाता रहेका छन् । जसमा पाँच सय ५० जना प्रदेश सांसद र सात सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार पाँच सय छ जना रहेका छन् ।
सम्भवतः प्रदेश सरकार फागुन पहिलो हप्ताभित्र बनिसक्नेछ । सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ भने २ नम्बर प्रदेशमा मधेशवादी दलले सरकार बनाउने छन् ।यसरी हेर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सरकार विहिन हुने अवस्था छ । १ र ३ नम्बरमा एमालेको एकल बहुमत छ भने ६ नम्बर प्रदेशमा एमालेले ५० प्रतिशतको हिस्सा ओगटेको छ ।
कुन प्रदेशमा कसको सरकार, को मुख्यमन्त्री ?
प्रदेश नं १
यहाँ एमालेको एकल बहुमत छ । एमालेबाट ५१ जना सांसद छन् । कुल ९३ सांसद सदस्य रहेको यो प्रदेशमा कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपा, स्वतन्त्र गरी ३ जना सांसद छन् ।
यहाँ एमालेले मुख्यमन्त्री पाउनेछ । एमालेबाट शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
प्रदेश २
यहाँ संघीय समाजवादी फोरम र राजपाको सरकार बन्ने सम्भावना बलियो छ । यो प्रदेशमा फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादीका ११ सासद छन् ।
प्रदेश ३
प्रदेश नं ३ मा एमालेको बहुमत छ । यहाँ एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशिल साझाका ३, नेमकिपाका २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एक एक सांसद छन् ।
यहाँ पनि एमालेले मुख्यमन्त्री पाउने पक्कापक्की जस्तै छ । यो प्रदेशमा एमालेबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
प्रदेश ४
यहाँ पनि वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । यो प्रदेशमा एमालेबाट २७, काग्रेसबाट १५, माओवादीबाट १२, राजमोबाट ३, नयाँ शक्तिका २ र स्वतन्त्रबाट एक सांसद छन् । यहाँ पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्यृ एक जना एमालेबाट मुख्यमन्त्री बन्दैछन् ।
प्रदेश ५
प्रदेश ५ मा पनि वाम गठबन्धनको सरकार बन्दैछ । यहाँ एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएका छन् । उनि एमाले संसदीय दलको नेतामा चयन भइसकेका छन् ।
यहाँ एमालेका ४१, माओवादीका २०, कांग्रेसबाट १९, फोरमका ५ तथा राजमो र राजपाका एक एक सांसद छन् ।
प्रदेश ६
यहाँ पनि वाम गठबन्धनकै सरकार बन्दैछ । तर कुन पार्टीले मुख्यमन्त्री पाउने भन्नेबारे समस्या छ । यहाँ एमालेका ५० प्रतिशत सांसद छन् ।
यो प्रदेशमा माओवादीले समेत मुख्यमन्त्रीमा दाबी गरेपछि समस्या आएको हो । यहाँ एमालेका २०, माओवादीका १३, काग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।
यहाँ एमालेबाट यमलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीको दौडमा छन् भने माओवादीले यो प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना अधिक रहेको बताइन्छ ।
प्रदेश ७
यो प्रदेशमा पनि अरु प्रदेश झै वाम गठबन्धनकै सरकार बन्दैछ । यहाँ मुख्यमन्त्री माओवादीले पाउने सम्भावना छ । यहाँ एमालेका २, माओवादीका १४, काग्रेसका १२, र राजपाका २ जना सांसद छन् ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...