ताजा समाचार

आजको राशिफल

बि.स.२०७४ माघ ०९ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी २३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि षष्ठि १४ घडी ०७ पला,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र रेवती ५४ घडी ४९ पला । योग शिव ० घडि ५८ पला,बिहान ०७ बजेर २० मिनेट उप्रान्त शिद्ध । करण तैतिल,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त गर,रातको १२ बजेर १४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा शुभ योग । चन्द्रराशि मिन । स्कन्द षष्ठी।

काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ३८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुँने योग रहेकोछ । आफ्नैहरुले फसाउँन सक्छन् ध्यान दिनुहोला । काम गर्ने बाहनामा रुपैया पैसा लिएर काम नगर्नेहरुदेखि सजक रहनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — २,७ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — निलो काय सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो काय सिद्धि मन्त्र ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
.
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुनाले खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा ख्याल गर्नुहोला बाटामा बिभिन्न समस्याहरु आईलाग्नेछन् ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । पुराना समस्याहरु हल भएर जानेछन् । माया प्रेममा नजिक भई मनका कुरा साटासाट गर्न सकिने समय रहेकोछ ।

शुभ अंक — ३,८ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति थता समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ ।

शुभ अंक — २,७ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

शुभ अंक — ३,५ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

तपाईको दिन शुभ रहोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org