सम्बन्ध गाँस्दै फसाउछन् ठगहरु, भविष्य बर्बाद पारिदिन्छन्
रुपन्देही । तपाई कसैको विभिन्न प्रलोभन र विश्वासमा जागिर वा अन्य कुनै कार्य गर्ने मनसायमा हुनुहुन्छ ? कुनै तालिम पश्चात रोजगारी लगाईदिने भन्दै मोटो रकम तिरेर तालिम लिईरहनुभएको छ, वा भर्खरै परिचित आफन्त जस्तै व्यवहार गर्ने कसैसँग नजिक त बन्नु भएको छैन ? अब होसियार हुनुहोला ।
राजधानी लगायत देशका विभिन्न जिल्लामा नेटवर्किङ सञ्चालन गर्दै बसेका गिरोहहरुले पैसा त लुट्छन् नै, तपाईको भविष्यमाथि नै खेलवाड हुनसक्छ । पछिल्लो समय नेपालमा यस्ता घटना दिनप्रतिदिन बढिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तै ठगहरुसँग धेरैले लुटिनु परेको छ ।
नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै विभिन्न वहानामा नेपालीहरुलाई भारतको शहरमा पु¥याई उनीहरुबाट पैसा असुल्ने र जागिर पनि नपाईने पैसा पनि फिर्ता नगर्ने ५ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतको लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा, दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरी छन् । लामाले गोरखपुरमा कार्यालय रहेको ड्रिम डेप्लोपर्स ट्रेडमार्ट प्रा.लि.मा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनीहरुलाई प्रहरीले ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरेको छ । चौधरी र लामा विरुद्ध रुपन्देही प्रहरीमा ३९ जना पीडितहरुले कारबाहीको मागगर्दै जाहेरी दर्ता गरेका छन् । भारतकै बनारसमा रहेको विनविन ट्रेडमार्ट प्रा.लि.मा नेपालीहरुलाई पु¥याई ठगी गर्ने धार्दिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर छन् ।
उनीसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ । मगर विरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको रुपन्देहीका निमित्त प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए । भारतकै खुशीनगरमा रहेको फुलटन ट्रेडमार्ट प्रा.लि.मा जागिर लगाइदिने निहुमा ठगी गर्ने काभ्रेपलाञ्चोक गाउँपालिकक–३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका–१२ का दावा लामा छन् ।
उनीहरुसँग प्रहरीले ३७ लाख ५८ हजार विगो दावी गरेको डिएसपी पाण्डेले बताए । मोक्तान र लामाविरुद्ध रुपन्देही प्रहरीमा १८ जनाले जाहेरी दिएका थिए । प्रहरीका अनुसार उनीहरुले गाउँगाउँमा पुगेर सर्वसाधारण नागरिकलाई एजेण्टमार्फत् सम्पर्क गराई भारतका तीनवटा नेटवर्किङ कम्पनीहरुमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए ।
प्रहरी तथ्यांक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् । प्रहरीले आर्थिक वर्ष ०७३÷०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४÷०७५ को पुससम्म ३ सय २७ जना पुरुष तथा महिलाहरुलाई सीमा क्षेत्रबाट फर्काई परिवारको जिम्मा लगाएको छ ।
दिनप्रतिदिन बढेका यस्ता घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको छ । देशमा रहेको वेरोजगारी, अशिक्षा, गरिबी यसका मुख्य कारक हुन । देशमा रोजगारीको स्थिति सिर्जना नहुँदा र परिष्कृत कानुनको अभाव र सयन्त्रले यस्ता घटनाले प्रसय पाएको छ ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












