ताजा समाचार

आजको राशिफल

बि.स.२०७४ माघ ११ गते । बिहिबार । ईश्वी सन् २०१८ जनवरी २५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि अष्टमी ८ घडी ५६ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त नवमी । नक्षत्र भरणी ५१ घडी २३ पला । योग शुभ ४५ घडि ३ पला,रातको १२ बजेर ५७ मिनेट उप्रान्त शुक्ल । करण वव,बिहान १० बजेर ३० मिनेट उप्रान्त वालव,बेलुका ९ बजेर ४४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष । गोरखकाली पूजा। भीष्माष्टमी व्रत।

काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

शुभ अंक — ५,७ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ ।सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ ।
शुभ अंक — २,६ शुभ दिशा — पुर्व
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुँन सक्छ । आर्थिक व्यावस्थापनमा मुद्दाहरु थाति रहनेछन् भने आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ भने घर परिवारमा परिवारका सदस्यहरुसित घरायसि कुरामा राय बाजिनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धि बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाई लेखाई प्रभावित हुँने तथा अरुभन्दा पछि परिनेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — उत्तर
शुभ रंग — निलो काय सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ ।

शुभ अंक — ४,८ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो काय सिद्धि मन्त्र ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु प्रशन्न हुनेछन् । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढे गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मन प्रशन्न रहनेछ । समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — दक्षिण

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
.
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुँने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्ना सक्छ ।
शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ । निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला ।

शुभ अंक — ४,९ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ ।

शुभ अंक — २,४ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ ।
शुभ अंक — ५,७ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

तपाईको दिन शुभ रहोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org