ताजा समाचार

समावेशी विकास सूचकांक २०१८: नेपालले उछिन्यो भारत र चीनलाई

काठमाडौं । नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपाल २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ औ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

वर्ल्ड इकोनोमिक फोरमले वर्षैपिच्छे विश्वका १ सय ३ देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्क अर्थतन्त्र र ७४ वटा उदीयमान अर्थतन्त्र भएका देश छन् ।

नेपालले उदीयमान अर्थतन्त्र भएका ७४ देशको सूचकांकमा २२ औं स्थान हासिल गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org