ताजा समाचार

भारतीय राजदूतको दिवा भोजमा नगएका केपी ओली दूतावासकै अर्को कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै देखिए

काठमाडौं, १३ माघ । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासमा आयोजित दिवाभोज कार्यक्रममा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भए । शुक्रबार मनाईएको गणतन्त्र दिवसकै दिन ओली पोखरा तर्फ हानिएका थिए । नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको दिवा भोजमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको थियो ।

उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराई लगायत सहभागी थिए । तर त्यसको भोलीपल्ट अर्थात शनिवार भारतीय दूतावासले नै आयोजना गरेको कार्यक्रममा भने ओली र राष्ट्रपति भण्डारी सरिक भएका छन् ।

शुक्रबारको दिवा भोजमा नगएका ओलीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । तर काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लवमा शनिबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा भने ओली सहभागी भएका हुन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएको भारतीय रादूतावासको ट्वीटमार्फत सार्वजनिक गरिएको तस्बिरमा उल्लेख छ । ओलीले कार्यक्रम जुधेको भनेर शुक्रबारको कार्यक्रममा अनुपस्थिति जनाएका थिए । भारत विरोधीको रुपमा हेरिएका ओली नेपालका शीर्ष नेताहरु सम्मलित कार्यक्रममा नगएर छुट्टै कार्यक्रममा जानुले निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

http://news-nepal.com/735172/

http://news-nepal.com/734972/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org