ताजा समाचार

तपाईले प्रदेशले कहिले बोलायो प्रदेशसभा अधिवेशन, हेर्नुहोस् सूचिसहित

काठमाडौं, १४ माघ । संघीय संरचनामा पहिलोपटक गठन भएका प्रदेशसभाका अधिवेशन धमाधम आह्वान भइरहेका छन्। निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशले आफ्नो पहिलो अधिवेशन आह्वान गरिररहेका हुन् । यतिबेला सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन्।

प्रदेश नम्बर १ र ६ को अधिवेशन भने अझै डाकिएको छैन। संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्नेछन्। अन्त्यका लागि भने प्रदेश सरकारको सिफारिस आवश्यक पर्नेछ।

प्रदेशसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र सरकार गठन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यसकारण फागुन ५ भित्र सरकार गठन गरिसक्ने गरी अधिवेशन आह्वान गरिएका हुन्।

माघ २४ गतेलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिएको छ । राजनीतिक दलहरुले त्यसको पनि तयारी तीब्र पारिरहेका छन् । त्यस्तै प्रदेशको मुख्यमन्त्री तथा प्रदेश सरकार गठनको पनि जोड घटाउ सुरु भईसकेको छ ।

कुन प्रदेशको अधिवेशन कहिले:
प्रदेश १ टुंगो नभएको
प्रदेश २ मा माघ २१ गते
प्रदेश ३ मा माघ १८ गते
प्रदेश ४ मा माघ २२ गते
प्रदेश ५ मा माघ २१ गते
प्रदेश ६ टुंगो नभएको
प्रदेश ७ मा माघ २१ गते

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org