ताजा समाचार

वीरगञ्जलाई प्रादेशिक राजधानी बनाए मुख्यमन्त्रीलाई १ करोड ५६ लाखको गाडी !

वीरगञ्ज, १७ माघ । वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर संघर्षरत समितिले मुख्य मन्त्रीका लागि दिने गाडी समेत सार्वजनिक गरेको छ । वीरगञ्जको घण्टाघरमा जारी रिले अनसनस्थलमा १ करोड ५६ लाख रुपैयाँ पर्ने गाडी सार्वजनिक गरिएको हो ।

संर्घष समितिका सदस्य एवं नेसनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अन्सारीले यसअघि नै वीरगञ्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाएको खण्डमा मुख्य मन्त्रीलाई चढ्न गाडी दिने घोषणा गरेका थिए ।

बुधबार दिनभर १ करोड ५६ लाख मुल्य पर्ने बा १८ च ९७३४ नम्बरको पजेरो अनसन स्थलमा राखेर प्रदर्शन गरिएको थियो । गाडी दिने घोषणा गरेका अन्सारीले वीरगञ्जले देशलाई नै थेग्ने हैसियत राख्ने बताउँदै मुख्यमन्त्रीको लागि गाडी उपलब्ध गराउनु ठूलो कुरा नभएको प्रतिक्रिया दिए ।

वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गरिए मुख्यमन्त्री, मन्त्रीहरुका लागि क्वार्टर र मन्त्रालय सञ्चालनको लागि संघर्ष समितिले थप सेवा सुबिधाको व्यवस्था मिलाउने संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org