ताजा समाचार

डोनाल्ड ट्रम्पको डीभी बन्द गर्ने नयाँ नीतिले नेपालीको ‘अमेरिकी सपना’ चकनाचुर

काठमाडौं, १८ माघ । डीभी भरेर अमेरिका जाने योजनामा रहेका नेपालीलाई ठूलो झट्का लाग्ने भएको छ । विगत लामो समयदेखि अमेरिकाले खोल्दै आएको डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेको छ ।

जसले गर्दा नेपालीसहित विश्वका धेरै देशलाई ठूलो झट्का लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर नेपालीलाई पर्ने देखिएको छ ।

ट्रम्पले हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा गरेका छन् । यस्तै डीभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजाने नीतिलाई पनि कडाई गर्ने बताएका छन् । अब श्रीमानरश्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।

पछिल्ला वर्षहरुमा ईडीभी भिसा प्राप्त गर्ने देशहरुको सूचीमा नेपाली पहिलो स्थानमा रहँदै आएका थिए । हरेक वर्ष ५० हजारलाई डीभी पर्ने गरेकामा नेपालीको संख्या औसतमा वार्षिक ४ हजार हाराहारी रहँदै आएको छ ।

सन् २०१२ देखि १७ को पाँच वर्षे अवधिमा १६ हजार ७ सय ५५ जना नेपाली डीभी भिसामार्फत् अमेरिका गएको अमेरिकी सरकारको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा मात्र ३ हजार ४ सय नेपाली यो भिसा प्राप्त गरी अमेरिका गएका छन् ।

यतिबेला सन् २०१९ को डीभी भिसा आवेदन गरी हजारौं नेपालीहरु नतिजाको पखाईमा छन् । ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसमा डीभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेको छ । यो विधेयक पारित भएमा अब डीभी भिसा आवेदन सधैंका लागि बन्द हुनेछ ।

यसले बिना कुनै विशेष सीप चिठ्ठाका आधारमा अमेरिकी भिसा, ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको ‘अमेरिकी सपना’मा पूर्णविराम लाग्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org