ताजा समाचार

यसकारण हुन्छ महिलालाई राति र पुरुषलाई विहान बढी यौन चाहना

एजेन्सी । जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ । धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन । अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठीक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ ।

उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ । हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन् भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् । यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो ।

अनुसन्धानमा पत्ता लागे अनुसार बिहान ५ देखि ७ बजेसम्म पुरुषको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढी हुन्छ जसको कारण पुरुषको मन त्यतिबेला बढी रोमान्टिक हुन्छ र उनीहरु सेक्सको लागि लालायित हुन्छन् । बिहानको समय पुरुषको हर्मोन अरु समयमा भन्दा २५ देखि ५० प्रतिशतसम्म बढ्छ । महिलामा पनि टेस्टेस्टेरोन हर्मोन त बन्छ तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलित रहन्छ ।

महिलामा यसको मात्रा राति बढ्छ जसका कारण उनीहरु रातको समयमा सेक्सका लागि बढी लालायित हुन्छन् । अनुसन्धानमा पुरुष जति गहिरो निन्द्रा सुत्छन्, त्यति टेस्टेस्टेरोनको मात्रा बढी हुने तथ्य खुलेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org