ताजा समाचार

दयालु आचरण भएका मानिसहरुले अत्याधिक यौनसम्बन्ध राख्छन्

एजेन्सी । कस्ता आचरण भएका व्यक्तिहरुले बढी सेक्स गर्लान् त ? यो धेरै चासोको विषय हुनसक्छ । समाजमा आचरण खराब भएका व्यक्तिहरु धेरै सेक्स गर्ने धेरैको सोचाइ हुनसक्छ । तर, हालै प्रकाशित ‘द ब्रिटिश जर्नल अफ साइकोलोजी’ मा दयालु आचरण भएका मानिसहरुले सबैभन्दा धेरै सेक्स गर्ने जनाएको छ ।

उनीहरुको मिलनसार स्वभावका कारण पनि धेरैको मन जित्न सक्ने तथा सेक्सका लागि पनि उत्कृष्ट हुने उक्त अध्ययनमा जनाइएको छ । अध्ययनका लागि १९२ जना एकल महिला र १०५ जना एकल पुरुष लिइएको थियो । उनीहरुले डेटिङ तथा मेटिङमा पाएको सफलताका आधारमा निष्कर्ष निकालिएको हो ।

अध्ययनका क्रममा सेक्सको मामिलामा पनि राम्रा आचरण भएका पुरुषहरु अगाडि देखिएका थिए । जति मानिसको असल थिए त्यति नै उनीहरुले नै बढी सेक्स गर्ने निष्कर्ष अध्ययनमा पाइएको थियो । उनीहरुमा स्वार्थ कम हुने भएका कारण पनि सेक्स पार्टनर भेटाउन सजिलो हुने अध्ययनले देखाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org