ताजा समाचार

डिभोर्सपछि हास्यकलाकार मनोज गजुरेल योग गुरु रामदेव बने (भिडियो)

युएई, १९ माघ । हाँस्यकलाकार मनोज गजुरेल योग गुरु रामवेद बनेका छन् । पत्नी मिना ढकालसँग सम्बन्धविच्छेद भएको दुई हप्तापछि मनोजले युएईमा पहिलो प्रस्तुति दिएका छन् । प्रस्तुति दिने क्रममा मनोज रामदेव बनेका हुन् ।

सम्बन्धविच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै गजुरेल नेपाली कामदारलाई हँसाउन युएई आएका हुन् । श्रीमतीसँग अलग भएपछि पहिलो पटक आबुधाबीको स्टेजमा देखिएका गजुरेलले दर्शकको माया र सद्भावले सबै पीडा भुलेको प्रतिक्रिया दिए ।

‘मान्छेको चोला जे हो त्यही होला । म कसैलाई केही भन्दिन । जे भन्नु थियो सामाजिक सन्जालमा आइसके’ मनोजले भने । मनोज र श्रीमती मिना ढकालको गएको पुस ११ सम्बन्धविच्छेद भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org