ताजा समाचार

गोप्य अंगनजिक साम्राज्ञीले के गरिन्, तस्वीर बन्यो भाइरल

काठमाडौं, १९ माघ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेरी एकपटक चर्चामा आएकी छन् । चलचित्र ‘कायरा’ सुटिङका क्रममा फिलिपिन्समा रहेकी साम्राज्ञीले गोप्य अंग नजिक टाटु लेखाएपछि चर्चामा आएकी हुन् । आर्यन सिग्देलले निर्माण गरेको यो चलचित्रका लागि उनले अहिले सम्मकै महँगो पारिश्रमिक लिएकी छन् ।

चलचित्रमा उनको अभिनेता आर्यनसँगै रोमान्स रहेको छ । अभिनेत्री साम्राज्ञीले छायाँकन स्थलबाटै गोप्य अंग नजिक टाटु लेखाएको नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले उनी निकै चर्चामा आएकी हुन् ।

साम्राज्ञीले तस्बिर इष्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । तस्बिर भाइरल भए लगतै उनले हटाएकी छन् । ट्याटुमा केहि कुरा लेखिएको देख्न सकिन्छ । तर लेखिएको कुरा के थियो भन्ने बुझ्न गाह्रो पर्ने खालको छ ।

केही दिन पहिले अभिनेता आर्यनले पनि घाटीमा गितारको ट्याटु भएको तस्बिर सार्वजनिक गरेका थिए । सो ट्याटुले उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकारको भुमिकामा छन् भन्ने अनुमान गर्न सकिन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org