ताजा समाचार

१३ वर्षीय बालकले बनाए ड्रोन

 

काठमाडौं । केल्बीन संग्रौला कक्षा ७ मा पढ्ने विद्यार्थी हुन् । उनी काठमाडौंको काँडाघारी स्थित अक्षरा स्कुलमा पढ्छन् । उनको स्कुलमा ड्रोन बनाउने कक्षा संचालन छैन । कक्षामा नसिकाएको विषयमा उनले आफैं रचनात्मक बनेर केही नौलो काम गरे । त्यो हो ड्रोन । उनले सामाजिक संजालमा हेरेको भरमा ड्रोन बनाएर देखाइदिए । अनि यसको सफल परिक्षण समेत गरे ।
स्कुलमा आयोजित प्रथम अक्षरा शैक्षिक मेलामा सहभागीहरूबीच उनले ड्रोन उडाएको हेर्न भीड लागेको थियो । ‘मैंले पहिलो पल्ट झापाको दमकमा उडाएको थिए,’ उनले भने, ‘स्कुलमा पनि हिजो उडाएको थिए ।’
उनले तीन महिना लगाएर बनाएको बताए । ‘मैंले बनाएको ड्रोन दुई घर जति माथि जान्छ । यसको प्रकृति हेर्दा यो साढे दुई किलोमिटर टाढासम्म जान्छ । यसले दुई किलो सम्म वोजन भएका सामान पनि बोक्न सक्छ ।’

उनले फेसबुकमा ड्रोनको बारेमा जानकारी पाएपछि बनाउन हौसला आएका बताए । ‘फेसबुकमा यसबारे देखेपछि युट्युवमा खोजे,’ उनले भने, ‘युट्वमा यसलाई बनाउने तरिका दिइएको थियो । त्यही आधारमा हेर्दै बनाउदै गरेको हो ।’
उनले यसलाई बनाउन १५ हजार रुपैया खर्च भए पनि पछि धेरै पल्ट विग्रेकाले सामान फेर्न १० हजार रुपैया थप खर्च भएको बताए । ‘सामान किन्ने पैसा बुबाले दिनुभयो,’ उनले भने ।
आफूले सिकेका कुरा अभिभावकलाई देखाउने वातावरण मिलाइदिन अक्षरा स्कुलले शैक्ष्ँिक मेला आयोजना गरेको हो । स्टलमा विभिन्न किसिमका खेल पनि राखिएका छन् । ‘निकै रमाइलो भइरहेको छ,’ कक्षा ५ का छात्रा प्रज्वल श्रेष्ठले भने, ‘म र सिद्धार्थ गौतम मिलेर राखिएको स्टलमा छिमेकी देशका राजधानी र झण्डासँग सम्बन्धित खेल खेल्न लागेका छौं । यो पाठ्यक्रममा पनि पढ्नु पर्छ । यो कार्यक्रमले म निकै उत्साहित भएको छु । कक्षा भित्र भएका कार्यक्रलाई प्रदर्शनिमा देखाउन पाउदा निकै खुसी लागेको छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org