ताजा समाचार

बलिउड अभिनेत्री समाको सिकन्दर हट बिकिनी योगा (फोटोफिचर सहित)

एजेन्सी, २० माघ । बलिउड अभिनेत्री तथा मोडल समा सिकन्दर निरन्तर चर्चामा रहन्छिन् । इन्स्टाग्राममा पोस्ट गर्ने हट फोटोका कारण उनी चर्चामा आउने गरेकी हुन् । हालै उनले योगा गरेको एउटा फोटो सार्वजनिक गरेकी छिन् । उनी बिकिनीमा योग गरिरहेकी देखिन्छिन् । यो तस्बिरलाई लिएर उनका फ्यानहरूले खुबै तारिफ गरेका छन् ।

समाले केही समय पहिले आफ्ना बिकिनी पोजका फोटा इन्स्ट्राग्राममा अपलोड गरेपछि निकै चर्चामा आएकी थिईन् । उनले पोष्ग गरेको उक्त फोटोमा विभिन्न प्रकारका कमेन्टहरु आएका थिए । धेरैले अश्लील गालीगलौजसमेत गरेका थिए । तर, समाले आफूले गल्ती गरेको महसुस पटक्कै गरिनन् । उनले उल्टै आफ्नो फोटामा खराब कमेन्ट गर्नेलाई कडा शब्दमा जवाफ फर्काइन् । उनले हरेक स्त्रीसँग दुईटा स्तन हुने र तिनै स्तनका कारण पुरुषभन्दा स्त्री फरक देखिने गरेको स्मरण गराउँदै आफूलाई आफ्न स्तनप्रति गर्व महसुस हुने उत्तर दिएकी थिईन् ।

केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी समाले सन् २००३ देखि २००५ सम्म चलेको टिभी सिरियल ‘ए मेरी लाइफ है’बाट चर्चा कमाएकी हुन् । केही फिल्ममा समेत अभिनय गरेकी उनले सन् २०१० मा फेसन डिजाइन कम्पनी खोलिन् । पछिल्ला दिनमा उनी फेसन मोडलका रूपमा समेत चर्चित छिन् ।

समाले केही वर्षअघि आफू डिप्रेसनको सिकार भएको खुलासा गरेकी थिइन् । डिप्रेसनका कारण आफूले ५ वर्षअघि आत्महत्या गर्ने कोसिससमेत गरेको उनले बताएकी थिइन् । उनी अचेल ब्वाइफ्रेन्डका साथ निकै खुसी रहेको बताउने गर्दछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org