दरबारमार्ग सामूहिक बलात्कार प्रकरणमा मुछिएका इन्सपेक्टर ठकुरी निलम्बित
काठमाडौं, २२ माघ । दरबारमार्ग सामूहिक बलात्कार काण्डमा मुछिएका प्रहरी निरिक्षक (इन्सपेक्टर) लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । होटेल ल्याण्डमार्कमा एक युवतीमाथि भएको सामूहिक बलात्कार काण्डमा मुछिएका महानगरीय प्रहरी परिसर दरबारमार्ग बृत्तका इन्सपेक्टर ठकुरी निलम्बनमा परेका हुन् ।
बलात्कारको घटनालाई आर्थिक लेनदेनमा गुपचुप पारेको भन्दै प्रहरीले उनलाई दरबारमार्ग बृत्तबाट प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा तानेको थियो । १ नम्बर गणमा तानेर अनुसन्धान भइरहेकोमा सोमबार उनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले जानकारी दिए ।
बलात्कार घटनालाई आर्थिक लेनदेनमा गुपचुप पार्ने कार्यमा संलग्न रहेका दरबारमार्ग बृत्तको मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक चन्द्र भण्डारी भने यसअघि नै निलम्बनमा परिसकेका छन् । उक्त प्रकरणमा मुछिएका बृत्तका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई दरबारमार्ग बृत्तबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि नै तानिएको थियो ।
Comments
अरु समाचार
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...
-
झापामा सीमास्तम्भ मर्मत गरिँदै
काठमाडौं । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने...
-
कोशी प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...