ताजा समाचार

कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि सीआईबीको अनुसन्धान

काठमाडौं, २४ माघ । कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआर्इर्बी) ले अनुसन्धान थालेको छ । केही मानिसहरुलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लगाउँदै सिआइर्बीले अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको थियो । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको हो ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भईरहेको पुष्टि गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोेका निर्देशक (डीआईजी) पुष्कर कार्कीले भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ ।’ खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org