ताजा समाचार

अब युएई जाने विदेशी कामदारका लागि पुलिस रिपोर्ट चाहिने

काठमाडौं, २४ माघ । अबदेखि युएई जाने विदेशी कामदारले अनिवार्य प्रहरी रिपोर्ट बनाउनुपर्ने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको हो ।

युएई आउन लागेका नेपालीले प्रहरी प्रधान कार्यालय नक्सालबाट यस्तो प्रमाणपत्र बनाउनुपर्नेछ । प्रमाणपत्र त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभाग र पानी पोखरीमा रहेको युएइको दूतावासबाट प्रमाणिकरण गरेर आफूू आउन लागेको कम्पनीमार्फत अध्यागमनमा बुझाउन पर्ने छ ।

पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन ।

युएईमा कागजी भिसा लागिसकेका तर नेपालबाट नउडेका कामदारले पनि पुलिस रिपोर्ट अनिवार्य बनाउनुपर्छ । अन्यथा यहाँ आएर पासपोर्टमा भिसा लगाउन समस्या हुने यएईका लागि नेपाली श्रम सहचारी मोतिराम भुसालले जानकारी दिए ।

युएई आइसकेका तर साथमा पुलिस रिपोर्ट नभएकाहरुका हकमा नेपालबाटै कागजात बनाउनु पर्नेछ । यो कागजात उनीहरुका परिवारका सदस्यले पनि बनाइदिन सक्नेछन् । त्यसका लागि नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा जानु पर्नेछ । नेपाल प्रहरीले विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउँछ ।

चारीत्रिक प्रमाण पत्र प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढी उपशाखाबाट लिन सकिनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org