ताजा समाचार

संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै छ। बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले  बस्ने तय भएको छ।

संसदमा भइरहेको गतिरोध अन्त्य र प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम गठन हुन् लागेको छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक लगातार बसे पनि निस्कर्ष विहिन बन्ने गरेको छ । सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्ष सहमत भए पनि त्यसको कार्यविधिमा सहमति जुट्न सकेको छैन् । बिहीवार बसेको बैठकमा पनि सहमति हुन नसके पछि आज फेरि बैठक बस्न लागेको हो।

कार्यदलमा मुख्यरुपमा संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन।

छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ। उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना छ। त्यसैले सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन नसकेको हो।

संसदीय समिति गठन र त्यसको कार्यविधिमा सहमति नभए आज पनि संसद् बैठक अवरुद्ध गर्ने मनस्थीतिमा कांग्रेस रहेको बुझिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org