निर्माता छवि ओझाले आफुभन्दा ३० वर्ष कान्छी नायिका शिल्पासँग चौथो बिहे गर्दै
काठमाडौं, २४ माघ । निर्माता छवि ओझाले नायिका शिल्पा पोखरेलसँग विवाह गर्ने भएका छन् । झण्डै पाँच बर्षदेखि गहिरो प्रेममा रहेका उनीहरुले चाँडै आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा गरेका हुन् । लगातार तीनवटा विवाहमा असफल भएका निर्माता छविले आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पासँग लगनगाँठो कस्न लागेका हुन् ।
दुवैजनाले आफुहरु गहिरो प्रेममा रहेको र चाँडै विवाह गर्ने बताएका छन् । अघिल्लै वर्ष बिहे गर्ने योजना भएपछि ज्योतिषको सल्लाहअनुसार एक वर्षपछि सारिएको उनीहरुले बताएका छन् । नायिका शिल्पाले भनिन्, छविजीले मेरो घरमा आएर बाबुआमासँग कुरा गरिसक्नुभएको छ । मिति तय गर्न मात्र बाँकी हो, इंगेजमेन्ट र विवाह एकै दिन गर्छौं ।’
उनीहरुले एक-अर्काको आनीबानीका विषयमा खुलेर कुरा गर्दै यो विवाह असफल नहुने दाबी गरेका छन् । पहिलोपटक १९ वर्षको उमेरमा विवाह गरेका निर्माता छविले १० वर्षमा सम्बन्ध विच्छेद गरे । त्यसपछि नायिका गीतान्जलीसँग विवाह गरेका थिए । गीतान्जलीको आत्महत्यासँगै त्यो सम्बन्ध पनि अन्त्य भयो ।
तेस्रो बिहे उनले नायिका रेखा थापासँग गरे । रेखालाई फिल्ममा ब्रेक दिने र स्थापित गर्ने काममा छविको मुख्य भूमिका थियो । तर, रेखासँगको सम्बन्ध पनि विच्छेद भयो । पाँच वर्षयता उनी नायिका शिल्पा पोखरेलसँगको सम्बन्धमा छन् । तर, यतिबेला उनी आफ्नो सम्बन्धमा निकै गम्भीर देखिन्छन् । छविले भने, तीनवटी श्रीमतीसँग जिन्दगी बिताएँ तर तीनैजनासँग राम्रो घरजम हुन सकेन । अब शिल्पासँग बिहेको तयारी छ, उनीसँगचाहिँ सम्बन्ध विच्छेद गर्दिनँ ।’
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...