ताजा समाचार

आफ्नै भतिजहरुको आक्रमणबाट काका गम्भीर घाइते, भारतमा उपचार हुँदै

कञ्चनपुर, २६ माघ । कञ्चनपुरमा आफ्नै भतिजको आक्रमणबाट काका गम्भीर घाइते भएका छन् । भिमदत्त नगरपालिका १३ पिपरैयामा कोकको बोतल प्रहारबाट ६० बर्षीय जयराज भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते जयराजको भारतको खटिमास्थित तपन अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ । उनको टाउकोको हड्डी भाच्चिएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

काकामाथि आक्रमण गर्ने डम्बर दत्त भट्टका ३० बर्षीय छोरा तिर्थ राज भट्ट र ३३ बर्षीय राम प्रशाद भट्टलाई प्रहरीले पक्राउ गरेको छ । दुवै आरोपीहरुको नाममा ज्यान मार्ने उद्योग दर्ता गरी कारवाही अगाडि बढाएको र एक जना आरोपीलाई प्रहरीले प्रक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए ।

घरायसी विवादलाई लिएर उनीहरुले यो भन्दा पहिले पनि पटकपटक आक्रमण गर्न खोजेका भएपनि सफल हुन सकेको थिएनन् । घर नजिकै रहेको साझा चौराहा पसलमा बसिरहेका बेला उनीहरुले आक्रमण गरि घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org