डिभिजन टूः यस्तो छ नेपाल र क्यानडाबीचको गणित, हारे वा जिते के हुन्छ ?
काठमाडौं, १ फागुन । आइसीसी वल्र्ड डिभिजन टू को अन्तिम खेलमा नेपालले क्यानडासँग भिड्नेछ । नामिबियामा जारी प्रतियोगितामा बुधबार शीर्ष स्थानको क्यानडासँग दोस्रो स्थानको नेपालले खेल्न लागेको हो । यो खेलको विजेता शीर्ष दुईमा रहने पक्का छ। शीर्ष दुईमा पर्ने होडमा चार टिम छन्। सोमबार भएको खेलमा पराजित भएपछि केन्या र ओमान भने एक खेलअघि नै शीर्ष दुईको होडबाट बाहिरिएका छन्।
४ खेल खेल्दा समान ६ अंक जोडेको क्यानडा र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छ। नेपालको हकमा क्यानडालाई पराजित गर्न सके अर्को महिना जिम्वावेमा हुने क्वालिफायरमा स्थान पक्का हुनेछ। क्यानडाले जित हात पारे पनि त्यहि नै हुन्छ।
त्योभन्दा अगाडि आज अर्को एउटा महत्वपूर्ण खेल हुँदैछ नामिबिया र केन्याबीच। दोस्रो चरणको यो खेल दुई पटक वर्षाले रोकेपछि आज हुँदैछ। यस खेलमा नामिबिया विजयी भए नामिबियाले पनि नेपाल र क्यानडासमान ६ अंक जोड्नेछ। जसले शीर्ष दुईको होड थप रोमाञ्चक बनाउनेछ। यदी नामिबिया केन्यासँग पराजित भएमा भने समीकरण अर्कै बन्नेछ।
बुधबार नेपाल र क्यानडासँगै नामिबिया र युएई बीचको खेल पनि हुनेछ। यी चार टिम शीर्ष दुईको होडमा छन्। यदी नामिबियाले अबको दुबै खेल जित्ने र नेपाल पराजित हुने हो भने नेपाल शीर्ष दुईमा पर्न असफल हुनेछ। नेपाल पराजित हुने र नामिबियाले आज केन्यासँग हारेर भोलि युएईलाई जितेमा पनि नेपाल र नामिबियाको अंक बराबरी हुनेछ र रनरेटको आधारमा शीर्ष दुईमा पर्ने टिमको छिनोफानो हुनेछ।
नामिबियाले दुबै खेल हार्ने र नेपाल पनि भोलि पराजित भए नेपाल र युएईको समान ६ अंक हुनेछ। यस्तो अवस्थामा पनि रनरेट निर्णायक हुनेछ। नेपालले क्यानडालाई पराजित गर्दा सिधै शीर्ष दुईमा स्थान पक्का हुनेछ अन्यथा अन्य टिमको नतिजा र रनरेट निर्णायक हुनेछ। डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टिम अर्को महिना हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ। यस्तै तेस्रो र चौथो हुने टिम डिभिजन टू मै रहनेछ र पाँचौ र छैटौँ हुने टिम डिभिजन थ्री मा झर्नेछ।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...