ताजा समाचार

मुद्दा दर्ता भए पनि सांसद् नवराज सिलवालको पद निलम्बनमा नपर्ने

काठमाडौं, २ फागुन । मुद्दा दर्ता भएपनि ललतिपुर(२ बाट निर्वाचित नवराज सिलवालको सांसद् पद नखोसिने भएको छ । सिलवाल विरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार किर्ते मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्दा दर्ता भए पनि सिलवाल सांसद बन्न कुनै कानुनी अड्चन नहुने संघीय संसद सचिवालयले जनाएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी सिलवाल विरुद्ध कार्यसम्पादन मुल्याङ्कन किर्ते गरेको अभियोगमा मुद्दा दर्ताको तयारी भैरहेको छ। तर संविधान अनुसार उनको पद फौजदारी अभियोग प्रमाणित भएमा मात्र गुम्नेछ। संविधानको धारा ८७ को (ग) मा ‘नैतिक पतन देखिने वा फौजदारी कसूरमा सजाय नपाएको’ व्यक्ति सांसद बन्न योग्य हुने उल्लेख छ।

मुद्दा दर्ताकै भरमा सिलवालको सांसदको सपथ नरोकिने संघीय संसद सचिवालयका कानुनी सल्लाहकार अर्जुन खड्काले बताए। ‘अदालतबाट आदेश वा कुनै पत्र नआएसम्म संघीय संसद सचिवालयले निलम्बन गर्ने वा कुनै कारवाही गर्ने कुरा हुदैँन’, खड्काले भने। तर प्रहरीले पक्राउ गरेर मुद्दा अगाडि बढाएर अदालतबाट पत्र पठाएको अवस्थामा भने उनको पद निलम्बनमा पर्नेछ।

यसअघि माओवादी केन्द्रका सांसद ल्याहरक्याल लामा, सद्भावनाका सञ्जय शाह (टक्ला) को हकमा पनि यस्तै भएको थियो । पक्राउ परेकै भरमा उनीहरुको सांसद् पद खोसिएको थिएन् । अदालतको पत्रपछि मात्र उनीहरुको पद निलम्बनमा परेको थियो। अदालतबाट दोषी ठहर नभएसम्म निलम्बनमा परे पनि फुकुवापछि सांसद हुन पाउँछन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org