ताजा समाचार

सांसद् बन्दा हिन्दीमा शपथ खाएका राउतले प्रदेश २ का मुख्यमन्त्री बन्दा भोजपुरीमा शपथ

जनकपुरधाम, ३ फागुन । प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदीले भोजपुरी भाषामा शपथ लिएका हुन् । यसअघि प्रदेश सभामा उनले हिन्दीमा सम्बोधन गर्दा विरोध भएको थियो। हिन्दी भाषामा प्रदेश सभाका सांसदहरुले बोलेको भन्दै जनकपुरमा पुत्लासमेत जलाइएको थियो।

पर्साबाट निर्वाचित राउतको क्षेत्रमा भोजपुरी भाषीको बाहुल्यता रहेको छ। तर उनी मुस्लिम समुदायबाट भएकोले उनको मातृभाषा उर्दु हो। विहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ ग्रहण गराएका हुन्। आर्थिक मामिला मन्त्री विजय यादवले मैथिली र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिएका छन् ।

सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । सपथपछि मुख्यमन्त्री राउतले हिन्दी र नेपाली भाषामा सम्बोधन गरेका थिए । मुख्यमन्त्री राउतले शिक्षा, स्वास्थ्य, सिञ्चाई, सुशासन, सडक गरी पाँच स मा आफूले जोड दिने उल्लेख गरेका छन् ।

उनले आफूले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने, हुलाकी सडक निर्माण गर्ने, रेलमार्ग निर्माण गर्ने र प्रदेश २ लाई औद्‍योगिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org