प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओलीको निर्देशन्, ‘मनपरीले चल्ने काम बन्द गर्नुहोला’
काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणमा मर्यादित पोशाकमा सहभागी हुन् सांसद्हरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै एमाले संसदीय दललाई सम्बोधन गर्दै ओलीले मर्यादित पोशाकमा सपथ ग्रहणमा सहभागी हुन आह्वान गरेका हुन् । ‘पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ,’ ओलीले सम्बोधन गर्दै भने, ‘संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।’
ओली त्यतिमै रोकिएनन्। थपे, ‘पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरु सकभर साडी चोलोमा आउनुस्।’ उनले पोशाकसँगै सांसदहरुलाई आफ्नो विषयमा कमाण्ड हुने गरी अध्ययन गरेर आउनसमेत भने।
ओलीले जनताले ठूलो आशा भरोसाका साथ जिम्मेवारी सुम्पेको बताउँदै भने, ‘हाम्रो अवधि तोकिएको छ। त्यसको सामर्थ्य र सीमा छन्। सम्पूर्ण रुपमा असीमितताका साथ काम गर्छौ।’ उनले इमानको सीमा छैन भन्दै इमान्दारिताका साथ काम गर्ने बताए।
देश र देशको हितलाई सर्वोपरी राखेर जनताका निम्ति काम गर्ने उनले बताए। ‘जबज अन्तर्गत हामी अगाडि बढेका छौं। हामीसँग पार्टी संगठन छ’ उनले भने, ‘स्थानीय तहको ७ सय ५३ निकाय छन्। त्यसमा १४ हजार एमालेका मात्रै जनप्रतिनिधि छन्।’
उनले देशलाई विकास, जनतालाई शान्ति र सुख चाहिएको भन्दै त्यसका निम्ति काम गर्ने प्रतिवद्धता जाहेर गरे। आफ्नो आचरण पारदर्शी, लोकतान्त्रिक, कानुनी राज र शुसासनको पक्षमा रहने भन्दै त्यसबाहेक सम्झौता नगर्ने बताए। ‘हामी स्वच्छता कायम गरेरै छाड्छौं। भ्रष्टाचार, ढिलासुस्ती हुनै दिँदैनौं,’ उनले भने, ‘कसरी काम गर्ने भनेर माननीयज्यूलाई दिशानिर्देश, प्रशिक्षित गर्छौ।’
‘आउने हाजिर लाउने र जाने होइन, हामी ह्विप जारी गर्छौ,’ उनले भने, ‘प्रमुख सचेतकरसचेतक मार्फत् जारी गरिएको ह्विप मान्नैपर्छ।’ उनले सांसदहरु विदेश जाने र के गरिरहेको पनि थाहा नपाउने परम्परा रहेको भन्दै जानकारीविना त्यस्ता गतिविधि गर्न नपाइने बताए। उनले जिल्ला जाँदा पनि जानकारी गराउनुपर्ने बताए।
‘यो संसदीय मोर्चा हो जसलाई पार्टीले निर्देशन गर्छ,’ ओलीले भने, ‘हामी एउटा राष्ट्र निर्माणको महाभियानमा छौं। समस्या, चुनौती आउँछन् त्यसलाई समाना गरेर हामी अगाडि बढ्छौं।’
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...